× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सर्वोच्च फर्किन तयारीमा चोलेन्द्र शमशेर, अदालत परिसरको सुरक्षा व्यवस्था कडा

    २ वर्ष पहिले

    असोज-२,सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज अदालत फर्कँदै हुनुहुन्छ ।

    कामु मुख्य रजिष्ट्रारलाई आफू आउने भन्दै तयारी गर्नका लागि उहाँले शनिवार नै सूचना दिइसक्नुभएको छ ।“म आउँछु, तयारी बढाउनु” चोलेन्द्रले कामु मुख्य रजिष्ट्रारलाई भन्नुभएको स्रोतको दाबी छ ।

    चोलेन्द्र अदालतमा फर्कने सूचना पाएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ।

    महाभियोग सिफारिस समितिले शनिवार राती सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग सिफारिस गर्दै प्रतिवेदन बुझाएको थियो।

    छानबिन गरिरहेको प्रतिनिधिसभाको कार्यकाल नै सकिएकाले महाभियोगको अस्तित्व सकिएको भन्दै आफू पदमा बहाल हुने खबर उहाँले गर्नुभएको छ । चोलेन्द्र आज सर्वोच्च फर्कने सूचना पाएसँगै अदालतअघि सुरक्षा सतर्कता बढाइएको छ।

    चोलेन्द्रलाई फर्काउने र नफर्काउने भन्नेबारे सर्वोच्च अदालतमै दुई गुट छन्। यसअघि चोलेन्द्रलाई नमान्ने भन्दै सबै न्यायाधीशले नै बेन्च बहिस्कार गरेका थिए।

    चोलेन्द्रले आफू निकटस्थहरूसँग आफू बहिर्गमनका लागि तयार भएको तर अदालतको प्रतिष्ठा जोगाउनका लागि फर्कन लागेको बताउनुभएको छ ।

    यद्यपि, सरकारले प्रहरी लगाएर उहाँलाई रोक्ने प्रयासमा लागेको छ । उहाँको निलम्बन फुकुवा नभएको भन्दै बार एशोसिएसन र सर्वोच्चका केही न्यायाधीश गेटैमा छेक्ने तयारी गरिरहेका छन् ।