× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा बृद्धाको घाँटीको सुनको सिक्री चोरी गरि भाग्ने झलक जैशी पक्राउ

    २ वर्ष पहिले

    असोज -२, चितवन भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा बाटोमा हिडेकी ७० वर्षकी बृद्धाको घाँटीको सुनको सिक्री चोरी गरि भाग्ने भरतपुरका झलक जैशी पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गत भदौ २३ गते बिहान ०८ः१० बजेको समयमा भरतपुर म.न.पा.वडा नं. ४ लंकु स्थित सडकमा सोही स्थानमा बस्ने बर्ष ७० की खगेश्वरी भुषालले लगाएको सुनको सिक्री स्कुटरमा आएका एक अपरिचित ब्यक्तिले चोरी गरी भागेका थिए ।

    बाटोमा हिड्दा सिक्री लुटिएपछि ति बृद्धाले सो बिषयमा प्रहरीमा खबर गरेकी थिइन् । घटना थाहा पाएको प्रहरीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा असोज १ गते सो सुनको सिक्री डाँका गर्ने भ.म.न.पा. वडा नं. २३ घर भई हाल भरतपुर ४ सृजनाटोलमा बस्ने बर्ष ४३ का झलक जैसीलाई डाँका गरेको सुनको सिक्री र घटना घटाउँदा प्रयोग गरेको ना ४३ प ७४८५ नं. को स्कुटर सहित पक्राउ गरेको हो ।

    पक्राउ परेका जैशीलाई चितवन जिल्ला अदालतबाट चोरी तथा डाका कसूरमा पक्राउ मिति असोज १ गतेवाट लागुहुनेगरी म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।