२ वर्ष पहिले
असोज-३, संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने भएकी छन् ।
नेपाल रत्न दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई दिइने भएको छ । भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यस्तै, राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने ‘आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित हुने भएका छन् ।
यस्तै, सुप्रिसद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतिविद् डा. जगमान गुरुङ विभूषित हुने भएका छन् ।
मानपदवी, अलंकार र पदकको सुची