२ वर्ष पहिले
असोज-३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ५९ जना पुगेको छ ।
२४ घण्टामा २ हजार ४ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा ७५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख २३ हजार ४ सय ६५ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा १ हजार ४ सय ३६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १६ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ९८ हजार ५ सय ४५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ४० जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ६ सय ७८ रहेको छ भने संस्थागत आइसोलेसनमा ६२ जना रहेको छ।
२४ घण्टामा १ सय ६५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८५ हजार ५ सय ६० जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू २० जना र भेन्टिलेटरमा शुन्य रहेको छ।