× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा बालक अपहरण गरेको आरोपमा भारतीय एक महिला पक्राउ

    २ वर्ष पहिले

    असोज-५, चितवनमा बालक अपहरण गरेको आरोपमा भारतीय एक महिला पक्राउ परेकी छन । पक्राउ पर्नेमा भारतको देश रहसी गाउँ बस्ने ३८ वर्षीया अनिता पाल रहेकी छन ।

    पालले मंगलबार दिउँसो १२:३० को समयमा चितवनको भरतपुर महानगरपालिका वडा नं-१७, गुञ्जनगरका ४ वर्षीय बालकलाई ललाईफकाई गरि लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

    पाललाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा चितवन जिल्ला अदालतबाट ४ दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।