× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा मुग्लिनको होटल अनुगमन

    २ वर्ष पहिले

    असोज-८, चाडपर्वलाई लक्षित गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाण्डौका खाद्य निरीक्षक टोलीले चितवनको इच्छाकामना गाउँपालिका-५, मुग्लिनमा रहेका होटल तथा रेस्टुरेन्टहरूको अनुगमन गरी खाद्य पदार्थको गुणस्तर कायम राख्न निर्देशन दिएको छ ।

    शनिबार साँझ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाण्डौका खाद्य निरीक्षक टोली तथा इच्छाकामना होटल व्यवसायी सङ्घले मुग्लिनका करिब २५ होटल तथा रेस्टुरेन्ट अनुगमन गरेका हुन्।

    अनुगमनको क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाण्डौका खाद्य निरीक्षक टोलीले सडक छेउछाउमा खुल्ला रुपमा खाना बनाउदा खाध स्वच्छता कायम नहुने हुँदा त्यसरी सडक छेउछाउमा खाना बनाएर बेच्न रोक्न निर्देशन दिएका थिए।

    अनुगमनका क्रममा केही मिठाई पसलको किचनमा कैफियत देखेको हुँदा सरसफाईमा सुधार गर्न तथा दर्ता बिना संचालित ब्यवसाय तुरुन्त दर्ता गर्न निर्देशन दिएका थिए।तोकिएको समयभित्र ब्यवसाय दर्ता नगरे एवं किचन सुधार नआए खाद्य पदार्थको उत्पादनमा रोक लगाउने एवम् ब्यबसाय नै बन्द गरिदिने खाद्य प्रविधिले चेतावनी दिएको छ ।

    अनुगमन टोलीले होटल व्यवसायीहरुलाई खाद्य स्वच्छता कायम गर्न खाद्य स्वच्छताका ५ सन्देशहरु पालन गर्न निर्देशन दिदै होटलमा सो सम्बन्धी स्टिकरपनि टाँसेका थिए।