२ वर्ष पहिले
असोज-१०,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार १ सय ९७ जना पुगेको छ ।
२४ घण्टामा ८ सय २५ जनाको पिसिआर परीक्षण गर्दा ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ३२ हजार ३ सय ८२ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा १ हजार ७ सय ९९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १४ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख १३ हजार ६ सय ९२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार १ सय ७८ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार १ सय ३० रहेको छ भने संस्थागत आइसोलेसनमा ४८ जना रहेको छ।
२४ घण्टामा ८४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८६ हजार ४ सय १९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १० जना र भेन्टिलेटरमा शुन्य रहेको छ।