× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गोरखा सदरमुकाममा रहेको कुमारी बैंकको एटिएम मेसिन तोडफोड

    २ वर्ष पहिले

    असोज-११, गोरखा सदरमुकाममा रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन गएराती तोडफोड भएको छ । गोरखा नगरपालिका ६ हरमटारी चोकमा रहेको बैंकको मेसिन कसले तोडफोड ग¥यो भन्ने यकिन छैन ।

    एटिएमबाट पैसा हराएको, नहराएको बारे पनि यकिन भईनसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘बिहान बैंकका गार्डले खबर गरेपछि हामी आयौँ’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले भने ‘मेसिन नचलेकाले कति रकम हरायो, कति छ भनेर हेर्न सकिएन, बैंकले प्राविधिक बोलाउँदैछ ।’

    पैसा चोर्ने उद्देश्यले मेसिन एटिएम मेसिन तोडफोड भएको हुनसक्ने प्रहरीको अनुमान छ ।