× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिनमा कारको ठक्करबाट एकजना घाइते

    २ वर्ष पहिले

    असोज-११, चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनको बीच बजारमा कारको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन्।

    घाईते हुनेमा मुग्लिनमा तरकारी ब्यबसायी गर्ने उपेन्द्र जयसवाल रहेका छन्। उनको हाइवे हस्पिटल मुग्लिनमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर लगिएको छ।

    घाइते जयसवालले बाटो काट्ने क्रममा नारायणगढ देखि कुरिनटार तर्फ जाँदै गरेको बा७च २६९६ नम्बरको कारले मुग्लिनको बिच बजारमा करिब पौने ९ बजे ठक्कर दिएको हो।

    कार चालक फरार रहेको छ भने कार प्रहरीले नियन्त्रणमा लिईएको छ।