२ वर्ष पहिले
असोज-१२,,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ६ सय ५१ जना पुगेको छ ।
२४ घण्टामा १ हजार २ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ३५ हजार ३ सय ९५ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा १ हजार ५ सय ३४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख १७ हजार ३ सय २६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार १ सय २२ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ७० रहेको छ भने संस्थागत आइसोलेसनमा ५२ जना रहेको छ।
२४ घण्टामा ५२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८६ हजार ५ सय ४७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १२ जना र भेन्टिलेटरमा शुन्य रहेको छ।