२ वर्ष पहिले
असोज-१४,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी र बागमती प्रदेशका पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।