× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुनको भाउमा सामान्य वृद्धि चाँदीको स्थिर

    २ वर्ष पहिले

    असोज-१४, आज (शुक्रबार) सुनको भाउमा सामान्य वृद्धि हुँदा चाँदीको मुल्य स्थिर बसेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेर छापावाला सुन ९३ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ स्थिर बसेर ११ सय ७० रूपैयाँ कायम भएको छ। अघिल्लो दिनपनि चाँदी प्रतितोला ११ सय ७० रूपैयाँमा नै कारोबार भएको थियोे।