× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    दुर्घटना न्युनिकरणको लागि जिल्ला ट्राफिक प्रहरी प्रमुख अधिकारी फिल्डमा

    २ वर्ष पहिले


    असोज १५, मुग्लिन
    जिल्लामा पर्ने राजमार्ग भएर चल्ने यात्रुबाहक सवारी साधनमा आजदेखि टाइम कार्ड लागू गरिएको छ । ट्राफिक चेक पोष्ट मुग्लिनमा शुक्रबार एक कार्यक्रम गरी सवारी चालक तथा यात्रुलाई ट्राफिक नियम बारे गराइ सवारी चालकलाई फुलमालाले सम्मान गरिएको थियो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्म बहादुर अधिकारीले बसमा आएका यात्रुहरुसंग बढी भाडा लिएको या नलिएको बारे सोधपुच गरी उनीहरुको सुरक्षित यात्राको कामना गर्नुका साथै सवारी चालकलाई फुलमाला लगाएर सवारी राम्रोसंग चलाउन शुभकामना दिएका थिए ।


    तीव्र गतिमा चल्ने यात्रुबाहक बस, मिनीबस, माइक्रो र टिपरबाट हुने दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताउनुभयो । जिल्लामा पर्ने नारायणगढ–मुग्लिन सडक खण्ड सहित ९३ किलोमिटर राजमार्गमा प्रतिघण्टा ४० किलोमिटरका दरले लोथर, गोन्द्राङ, आँपटारी, मुग्लिन र मैवाखोलाबाट टाइम कार्ड लागु गरेको हो ।

    लोथरदेखि गोन्द्राङसम्मको ३० किलोमिटरका लागि ५० मिनेट, गोन्द्राङबाट आँपटारी सात किलोमिटरका लागि १० मिनेट, आँपटारीदेखि मुग्लिन ३४ किलोमिटरका लागि एक घण्टा, गोन्द्राङबाट मुग्लिन ४१ किलोमिटरका लागि एक घण्टा पाँच मिनेट र मुग्लिनदेखि मौवाखोलासम्मको १६ किलोमिटरका लागि २५ मिनेटको समय राखिएको अधिकारीले जानकारी दिए । टाइम कार्ड लागु भएसँगै राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।


    चेकपोष्टमा सवारीको इन्ट्रि गर्नुका साथै यात्रुहरुसंग सवारी भाडा र चालकले सवारी लापरवाही संग चलाएको छ या छैन बारे सोधपुच गरेर मात्र सवारी साधनलाई अघि बढ्न दिइने बढी भाडा लिएको र सवारी साधन लापरबाही चलाएको पाइएमा कारवाही गरिने ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी प्रमुख प्रहरी सहायक निरिक्षक शैलेन्द्र यादवले हाइवे समाचारलाई जानकारी दिएका छन् ।