२ वर्ष पहिले
असोज-१५,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ७ सय ७८ जना पुगेको छ ।
२४ घण्टामा ५ सय ९१ जनाको पिसिआर परीक्षण गर्दा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ३८ हजार २ सय ३४ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ७ सय ४१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख २१ हजार ३२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९ सय २५ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ८ सय ८९ रहेको छ भने संस्थागत आइसोलेसनमा ३६ जना रहेको छ।
२४ घण्टामा ९६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८६ हजार ८ सय १६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ९ जना र भेन्टिलेटरमा शुन्य रहेको छ।