× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३५ संक्रमित थपिँदा निको हुनेको संख्या ६५

    २ वर्ष पहिले

    असोज-१७,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ८ सय ४६ जना पुगेको छ ।

    २४ घण्टामा ४ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ३९ हजार ५ सय ३९ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा ९ सय ९४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख २२ हजार ५ सय ५१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा ६५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८६ हजार ९ सय ४७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १८ जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ८ सय ५० जना रहेको छ