२ वर्ष पहिले
असोज-१८,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ८ सय ६० जना पुगेको छ ।
२४ घण्टामा ४ सय ३७ जनाको पिसिआर परीक्षण गर्दा १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ३९ हजार ९ सय ७६ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ६ सय ९० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा शुन्य संख्यामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख २३ हजार २ सय ४१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा ६६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८७ हजार २३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १८ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ सय ९८ जना रहेको छ।