× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवन गुम्बामा ङयुङने मौन ब्रत सम्पन्न

    २ वर्ष पहिले

    दसैं पर्वको नाममा हुने पशुपंन्छीको हत्या तथा ती आत्माको चीरशान्तिको कामना गर्दै मौन व्रत सम्पन्‍न गरिएको छ। चितवन राप्ति नगरपालिका –७ मा रहेको साँघ छेवाङ टासी बौध्द गुम्बामा आज व्रत तथा पुजा सम्पन्न गरिएको हो। गत असोज १६ गते अर्थात दशै अष्टमीको पूर्वसन्ध्याबाट सुरु भएको ङयुङने मौन ब्रत आज सकिएको हो। ब्रतका धर्मगुरु लोपेन पेमा लामाको नेतृत्वमा भएको थियो। बौद्धधर्मलम्बिले दसैंको बेला पर्वका नाममा लाखौं पशुपन्छीको बलि दिएको बेला ती प्राणीको चित्तले चीर शान्ति पावस् भनेर फापा चेङरेसी ९ आर्य अवातालोकेश्वर० को बन्दना गर्ने गर्दछन्। यो ब्रतको प्रभावले पर्वको नाममा अकालमा मारिएका प्राणीको उद्धार, मुक्ति हुने विश्वास गरिन्छ। बौद्धधर्म अनुसार यसरी एक पटक निराहार मौन ब्रत बस्दा ४० कल्पसम्मका क्लेश (पापकर्म) कट्टी भइ मानव जीवनमा जन्म हुन्छ भन्ने विश्वास छ।

    ङयुङने मौन ब्रत अन्तर्गत बसिने ब्रतमा बौद्ध धर्मावलम्बी तामाङ, गुरुङ, शेर्पा, थकाली एवं हिमाली समुदायले दसैंको समयमा तीन दिनसम्म ङयुङने मौन ब्रत बस्ने गर्दछन्। ब्रतका लागि मकवानपुर जिल्लासहित चितवनलयगतका स्थानबाट ५७ जना लामा, आनी, ज्योमो, ब्रतालु उपासक, उपासिकाको सहभागिता रहेको गुम्बाको व्यबस्थापन समितिका अध्यक्ष राजेश रुम्बा तामाङले जानकारी दिए। यसै अवसर पारेर समाज सेवी सिँखडालाई सम्मान।

    बिभिन्न समयमा गुम्बालई सहयोग गरेको भन्दै जापनमा कार्यरत स्थानिय समाजसेवी धन बहादुर सिम्खडा (बाशु) लाई गुम्बा समितिले बिशेष सम्मान गरेको छ । मौन व्रत समापन सँगै आयोजना गरेको अाैपचारिक कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रदेश मन्त्रि दावा दोर्जे लामाको हातबाट सम्मान गरिएको हो ।