× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहिरोका कारण मुग्लिन नारायणगढ र नागढुंगा नौबिसे सडकखण्ड अवरुद्ध

    २ वर्ष पहिले

    असोज -२०,पहिरोका कारण मुग्लिन नारायणगढ र नागढुंगा नौबिसे सडकखण्ड अवरुद्ध भएको छ ।

    मुग्लिन नारायणगढ सडकखण्ड अन्तरगत चितवनको १८ किलोमा पहिरो खसेको छ । यसले यो सडकखण्ड पनि दुईतर्फी नै ठप्प भएको छ । लगातारको वर्षाका कारण यो सडकखण्डमा पहिरो गएको हो ।

    यस्तै, बिहान ८ बजे पछि नागढुंगा नौबिसे सडकखण्ड अन्तरगतको सुरुङमार्गमा पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ । लगातार पानी परिरहेकाले यात्रामा निकस्नु अघि मौसम र सडकको अवस्था बारे जानकारी लिन प्रहरीको आग्रह छ ।