× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    थाइल्याण्डमा पूर्व प्रहरीले गोली चलाउँदा बालबालिकासहित ३१ जनाको मृत्यु

    २ वर्ष पहिले

    असोज -२०, थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा एक पूर्वप्रहरी अधिकारी ३४ वर्षिया पान्य कामरव नामक व्यक्तिले गोली चलाउँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ ।

    आक्रमणकारी पान्य कामरव

    थाइल्याण्डको उत्तरपूर्वी प्रान्तको नोङ बुवा लाम्फुमा अवस्थित बालबालिका हेरचाह केन्द्र (नर्सरी)मा बिहीबार भएको गोलीकाण्डमा कम्तीमा २३ जना बालबालिका सहित ३१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

    आक्रमणकारीले बालबालिका र वयस्कहरूलाई गोली हान्नुका साथै छुरा पनि प्रहार गरेको बताएको छ ।

    आक्रमणपछि बन्दुकधारी प्रहरीले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका छन्।