२ वर्ष पहिले
असोज-२०,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ८ सय ८१ जना पुगेको छ ।
२४ घण्टामा १ सय १ जनाको पिसिआर परीक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ४० हजार ५ सय १७ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा २ सय २७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ जना पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख २४ हजार ६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा ५७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८७ हजार १ सय ४६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १८ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६ सय ८५ जना रहेको छ।