× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    यस वर्षको नोबेल शान्ति पुरस्कारको घोषणा

    २ वर्ष पहिले

    असोज -२१, यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानवअधिकार अभियन्ता एलेस बिल्यात्स्की, रुसको मानवअधिकार संगठन ‘मेमोरियल’ र युक्रेनको मानवअधिकार संगठन ‘सिभिल लिबर्टिज’लाई संयुक्त रूपमा घोषणा गरिएको छ ।

    नर्वेजियन नोबेल कमिटीले शुक्रबार सो घोषणा गरेको हो । उनीहरूले मानव अधिकारको क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत नोबेल पुरस्कार प्रदान गरिएको कमिटीले जनाएको छ ।

    नोबेल शान्ति पुरस्कार २०२२ को लागि कुल ३४० व्यक्ति वा संस्थाले मनोनयन दर्ता गरेका थिए। जसमध्ये २५१ व्यक्ति र ९२ संस्था थिए ।