× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवन क्षेत्र नं ३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने

    २ वर्ष पहिले

    असोज-२२, चितवन निर्वाचन क्षेत्र नं ३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।

    भरतपुर अस्पतालको अध्यक्ष रहेका डा. अधिकारीलाई प्रचण्डले छाडेको चितवन-३ बाट उम्मेदवार बनाउने तयारी माओवादीको छ । डा. अधिकारीलाई प्रचण्डले फोन गरेर उम्मेदवारी दर्ताको तयारीका लागि कागजात जुटाउन भनेका छन् । ‘अध्यक्षले फोन गरेर तपाईं नै उम्मेदवार हो, तयारी गर्न भन्नुभएको छ’, डा. अधिकारीले भने, ‘त्यसका लागि डकुमेन्ट जुटाउँदैछु ।’

    सो निर्वाचन क्षेत्र सत्ता गठवन्धनका तर्फबाट माओवादीको भागमा परेको छ । यो क्षेत्रमा माओवादीका तर्फबाट भरपर्दो उम्मेदवार नपाएपछि डा. अधिकारीलाई अस्पतालको अध्यक्ष पदबाट राजीनामा गराएर उम्मेदवार बनाउन लागिएको हो ।

    पश्चिम चितवनको पटिहानी घर भएका डा. अधिकारी भरतपुर अस्पतालमा अध्यक्ष हुनुअघि मेडिकल अफिसरका रूपमा कार्यरत थिए ।