× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    बोतल र जारको पानीको अधिकतम मुल्य तोकियो, महङ्गोमा बेचे कार्वाही गरिने

    २ वर्ष पहिले

    असोज-२६, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल तथा जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुुद्रा मूल्य तोकेको छ ।

    सङ्घीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुुगमन उपसहमतिको अध्ययन प्रतिवेदनसमेतका आधारमा विभागले बोतल र जारको पानीको खुद्रा मूल्य तोकेको गरेको हो ।

    विभागका अनुसार काठमाडौँ उपत्यकामा बोतल प्रतिलिटर पानीको अधिकतम खुद्रा मूल्य १६ रुपियाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपियाँ निर्धारण गरेको छ ।

    उपत्यकाबाहिर एक लिटर बोतलको पानीको अधिकतम खुद्रा २० रुपियाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ६० रुपियाँ निर्धारण गरेको विभागले जनाएको छ ।

    विभागका अनुसार निर्धारण गरेको भन्दा बढी मुल्यमा प्रशोधित पानीको बोतल वा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली २०७६ बमोजिम सम्बन्धित बिक्रेतालाई हदैसम्मको कारबाही गरिनेछ ।

    विभागले तोकेको मूल्यभन्दा बढी रकम तिरेर पानी खरिदसमेत नगर्न र काहीँकतै कसैले जबरजस्ती बढी रकम लिन खोजेमा विभाग वा मातहतका कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय वा स्थानीय तहमा सूचना दिन विभागले उपभोक्तालाई आग्रह गरेको छ ।

    यो