× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ५२ संक्रमित थपिँदा निको हुनेको संख्या १६

    २ वर्ष पहिले

    असोज-२९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार २ सय ९८ सय जना पुगेको छ ।

    २४ घण्टामा ७ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा ४५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ४७ हजार ५ सय ९ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा १ हजार १८ एन्टिजन विधिबाट परीक्षण गर्दा ७ जनामा रहेको छ । हालसम्ममा १४ लाख ३० हजार ९ सय ५१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा १६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८७ हजार ४ सय ३८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १८ जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ६ सय ६७ जना रहेको छ।