× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    तनहुँको आबुखैरेनीबाट लागुऔषधसहित युवक पक्राउ

    २ वर्ष पहिले

    कार्तिक-१, तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट प्रहरीले लागुऔषधसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएका २५ वर्षीय सन्देश धिताल छन् ।

    वीरगञ्जबाट लमजुङ आउँदै गरेको ना.६ ख ९०९७ नम्बरको बसमा सवार धिताललाई बेनटार स्थित मुग्लिन पुलजिपको चेकपोष्टमा चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको हो । आरोपीको साथबाट ४४ एम्पुल नुर्फिन, ४४ एम्पुल डाइजेपाम र ४४ एम्पुल फेनारगन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    आरोपीले कम्मरमा लुकाएर लागुऔषध ल्याएका थिए । उनलाई तनहुँ जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको जिप्रका तनहुँले जनाएको छ ।