× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    खानेपानी कार्यालय रामेछापका इन्जिनियर र प्लम्बर २८ लाख घुससहित पक्राउ

    २ वर्ष पहिले

    कार्तिक-२, खानेपानी तथा सरसफाइन डिभिजन कार्यालय नम्बर ३ रामेछापका इन्जिनियर र प्लम्बर २८ लाख घुस रकमसहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई उक्त घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुलाई मन्थलीमा रहेको कार्यालयको क्वाटरबाट अख्तियारको टोलीले पक्राउ गरेको हो ।

    उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक बरामद गरिएको छ । जिल्लाको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्माण कार्यबापत उनीहरुले घुस लिएको अख्तियारको आरोप छ ।