× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तनहुँको बेनिटार चेकपोष्ट बाट लागुऔषधसहित बाग्लुङका एकजना पक्राउ

    २ वर्ष पहिले

    कार्तिक-२, तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट प्रहरीले लागुऔषधसहित बाग्लुङ, काठेखोला गाउँपालिका वडा न. ४ घर हुने २२ वर्षीय नर बहादुर थापालाई पक्राउ गरेका छन्।

    कार्तिक १ गते दिउँसो करिब २:३० बजेको समयमा सुनौलीबाट पोखरा जाँदै गरेको ग.२ ख ९९५ नम्बरको बसमा सवार थापालाई बेनटार स्थित मुग्लिन पुलजिपको चेकपोष्टमा चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको हो ।

    आरोपीले खैरो झोलामा लुकाएर ल्याएको नुफिन- ६८ एम्पुल, फेनरागन-६९ एम्पुल र डाईजेपाम-६९ एम्पुल गरी जम्मा २०६ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    उनलाई तनहुँ जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिप्रका तनहुँले जनाएको छ ।