× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवन २ का सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठले गरे गणेशको मूर्ति र २५ हजार रुपैयाँ सहयोग

    २ वर्ष पहिले

    कार्तिक-३, सत्ता गठबन्धनको तर्फबाट चितवन २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठले गणेशको मूर्ति र २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

    बिहीबार कालिका नगरपालिकामा भइरहेको धार्मिक महोत्सवमा सहभागी भई राज्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्रेष्ठले मुर्ति एवं आर्थिक सहयोग गरेका हुन् ।

    आर्थिक तथा भौतिक सहयोगको घोषणा गर्दै राज्यमन्त्री श्रेष्ठले कालिकालाई पर्यटकीय क्षेत्र बनाएर यसको विकास

    गर्नुपर्ने बताए ।

    उनले यस नगरभित्र हरित औद्योगिक क्षेत्र निर्माण गरी रोजगारीका अवसर सिर्जना गरिने पनि बताए । उनले सबै धर्मप्रति आफ्नो समभाव रहेको समेत बताए ।