× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुनको भाउ घट्दा चाँदीको स्थिर

    २ वर्ष पहिले

    कार्तिक-४,आज (शुक्रबार) सुनको भाउ घट्दा चाँदीको स्थिर बसेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेरर छापावाला सुन ९२ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९३ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ स्थिर बसेर प्रतितोला ११ सय ७० रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ७० रूपैयाँ कारोबार भएको थियोे।