× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा जुवा तास खेल्ने १४ जना पक्राउ

    २ वर्ष पहिले

    कार्तिक-४, चितवनमा जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    चितवनको भरतपुर महानगरपालिका–१६ सानोगढीस्थित मीत बा खाजा घर एण्ड कटेजमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

    वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले नगद ४ बुक सहित १ लाख ३९ हजार ९ सय ९० रुपैयाँ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

    यसैगरी शुक्रबार भरतपुर २२ पटिहानी स्थित दुधना महत्तोको घरमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    ईलाका प्रहरी कार्यालय गितानगर र जिल्ला प्रहरी कार्यालय चितवनको कमाण्डमा खटिएको प्रहरी टोलीले १६ थान कौडा र नगद १ लाख १७ हजार रुपैयाँ सहित ४ जनालाई पक्राउ गरेको हो।