× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    रुपन्देही क्षेत्र नं २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज

    २ वर्ष पहिले

    कार्तिक-४, रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरेको छ।

    नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका गुरुङको उम्मेदवारी आज सर्वोच्च अदालतको फैसला अनुसार खारेज भएको हो।

    जिल्ला निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका राजु गुरुङ कालो सूचीमा परेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

    सर्वोच्चले उनको रिटमा सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दाको न्यायाधीशद्वय ईश्वरी प्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उम्मेदवारी खारेजीको निर्णयलाई सदर गरिदिएको हो।