× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा किशोर गुरुङ सर्वसम्मत

    २ वर्ष पहिले

    कार्तिक-५, चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारमा रहेको मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाको सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट किशोर गुरुङ अध्यक्षमा सर्वसम्मत चयन भएको छ।

    किशोर गुरुङ

    मुग्लिन बजार स्थित थकाली सेवा समितिको सभाहलमा संस्थाको २२ औं वार्षिक साधारण सभा आज (शनिबार)सम्पन्न भएको हो।

    संस्थाका अध्यक्ष तेज बहादुर शेरचनको अध्यक्षतामा सम्पन्न सभाको प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी रहेका थिए।

    कार्यक्रममा विशिष्ट अतिथिको रुपमा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ,उपाध्यक्ष माया सिलवाल, अतिथिको रुपमा वडा नं ६ का वडाध्यक्ष लक्ष्मण चेपाङ, वडा नं ५ का महिला वडा सदस्य टेकमाया गुरुङ, इच्छाकामना होटल ब्यवसायी संघका अध्यक्ष मिनबहादुर श्रेष्ठ, मर्स्याङ्दी शिक्षा सदन स्कुलका प्रधानाध्यापक शशि श्री वास्तव, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत शेयर सदस्यहरुको उपस्थिति रहेका थिए।

    सभाबाट किशोर गुरुङको अध्यक्षतामा चार वर्षको लागि सञ्चालक समिति चयन भएको छ । नवनिर्वाचित उपाध्यक्षमा खुम प्रसाद पन्त , सचिव ज्ञानू पाण्डे, सह-सचिव कुमार श्रेष्ठ कोषाध्यक्ष राधा कंडेल, सञ्चालक सदस्य मिनबहादुर श्रेष्ठ, जुना राजभण्डारी, इस्लामदिन मियाँ, दलबहादुर बुढाथोकी,रीता नेपाल, शान्ता पाण्डे, तारानाथ पन्त र बासुदेव सिलवाल रहेको छ।

    लेखा सुपरिवेक्षण समितिको संयोजकमा निरन्जना कंडेल, सदस्यमा देवबहादुर गुरुङ र यामबहादुर गुरुङ तथा ऋण सहकारी कमिटीको संयोजकमा खुमप्रसाद पन्त सदस्यमा कृष्णप्रसाद त्रिपाठी र लालीराम कंडेल साथै शिक्षा उप–समितिको संयोजकमा कमला भट्टराई, सदस्यमा शिव पौडेल र इश्वरीराम पोखरेल चयन भएका छन्।