× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    देशकाे पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

    २ वर्ष पहिले

    असोज-६,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भाग र प्रदेश १ को तराई भेगमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको छ।

    विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

    आज दिउँसो प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।