× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र “सित्रङ्ग” को अप्रत्यक्ष आंशिक प्रभाव, प्रदेश १ र मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

    २ वर्ष पहिले

    कार्तिक-७,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै, पूर्वी नेपालमा बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र “सित्रङ्ग” को अप्रत्यक्ष आंशिक प्रभाव रहेको छ ।

    विभागका अनुसार हाल प्रदेश १ र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहेको छ।

    आज दिउँसो प्रदेश १ र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र मधेश प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती प्रदेश १ र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।