× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा साँझ ९ बजेपछि देउसी भैलो खेल्न रोक

    २ वर्ष पहिले

    कार्तिक-७, चितवन प्रशासनले साँझ ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ ।

    जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै यस वर्षको तिहारमा साँझ ९ बजेसम्म मात्र देउसी भैलोको कार्यक्रम राख्न निर्देशन दिएको हो ।

    प्रशासनले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणा भएर निर्वाचन आचारसंहिता जारी भएकोले केही शर्तहरु पालना गर्न जरुरी भएको उल्लेख गरेको छ । प्रशासनले आचारसंहिता विपरित राजनीतिक विषयवस्तु समावेश नगरी देउसी भैलो खेल्न पनि आग्रह गरेको छ ।