× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भारतीय युट्युबर जट्ट प्रभाज्वत सिंहको मोटरसाइकल दुर्घटना, पैदलयात्रीको मृत्यु

    २ वर्ष पहिले

    कार्तिक-८, भारतीय युट्युबर प्रभाज्वत सिंह मोटरसाइकल दुर्घटनामा परेका छन् । चितवनबाट काठमाडौंतर्फ जाँदै गरेका सिंह सवार भारतीय नम्बर एमएच–१–सिडब्लु ५९७१ को मोटरसाइकलले ठक्कर दिँदा धादिङको गजुरी नगरपालिका–१ स्थित गजुरी बजारमा एकजनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पैदलयात्री नयाँबारी बस्ने ७९ वर्षका सुर बहादुर धिताल छन् । सिंह जट्ट प्रभाज्वत नामले परिचित छन् । मंगलबार साँझ करिब ५:१५ बजेमा सिंहले चलाएको मोटरसाइकलले धिताललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

    घाइते धिताललाई उपचारको लागी काठमाडौं ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । मोटरसाइकल चालक युट्युबर सिंह घाइते भएका छन् । उनको दुवै खुट्टा फ्याक्चर भएको र उपचारका लागि काठमाडौं पठाइएको डिएसपी खत्रीले जानकारी दिए । ​

    प्रभाज्वत भारतको नयाँ दिल्लीका हुन् । दुर्घटनामा परेर मृत्यु भएका धितालको शव अम्बेभरोसा अस्पतालमा गल्छिमा राखिएको छ । जट्ट बाइक राइडर समेत हुन् ।