२ वर्ष पहिले
कार्तिक -११, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ७ सय ५४ सय जना पुगेको छ ।
२४ घण्टामा ४ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ५५ हजार ५ सय जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ४ सय ७६ एन्टिजन विधिबाट परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख ३९ हजार ८ सय ५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा २९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८७ हजार ९ सय १४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६ सय ५ जना रहेको छ।