× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३ संक्रमित थपिँदा निको हुनेको संख्या ३१

    २ वर्ष पहिले

    कार्तिक -१२ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ७ सय ५७ सय जना पुगेको छ ।

    २४ घण्टामा ३ सय ७० जनाको पिसिआर परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ५५ हजार ८ सय ७० जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा ३१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८७ हजार ९ सय ४५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

    हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।हाल देशभर सक्रिय संक्रमितको संख्या सय ७७ जना रहेको छ।