× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    विप्लव सहितको तीन कम्युनिष्ट पार्टीले निर्वाचन विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

    २ वर्ष पहिले

    कार्तिक-२०, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत तीन कम्युनिष्ट पार्टीले आसन्न निर्वाचनको विरोध गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

    आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपालगायत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले निर्वाचनको विरोधमा संयुक्त कार्यक्रम सार्वजनिक गरेका हुन्।

    आगामी मंसिर ४ गते हुने निर्वाचन खारेजी/बहिष्कारको निर्णय गर्दै उनीहरुले आफूहरुको आन्दोलनमा सक्रिय सहभागीता जनाउन आह्वान पनि गरेका छन् । उनीहरुले निर्वाचनको विरोधमा कार्तिक २४ देखि ३० गतेसम्म काठमाडौंलगायत बुटवल, इटहरी, बर्दिवास, पोखरा, सुर्खेत र धनगढीमा राजनीतिक सभा गर्ने जनाएका छन् ।

    कार्तिक २६ देखि ३० गतेसम्म देशका विभिन्न स्थानमा कोणसभा र विरोध प्रदर्शन गरिने वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले जानकारी दिए । उनले अहिलको व्यवस्थाको विरुद्धमा र नयाँ व्यवस्थाको सुरुवातका लागि आफूहरुको संघर्ष भएको बताए ।नेकपाका प्रवक्ता प्रकाण्डले क्रान्तिपछि उपलब्ध भएका जनताको अधिकारहरु एकपछि अर्को गरि कटौटी हुने गएकाले अहिलेको व्यवस्थाप्रति आफूहरुको आन्दोलन भएको बताए । मुलुकमा भ्रष्टाचार व्याप्त हुँदै गएको, सामाजिक असुरक्षा हुँदै गएको उनको भनाइ छ ।

    पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष ऋषि कट्टेलले चुनाव बहिष्कार र आन्दोलनमार्फत् सत्ताको विरुद्ध निरन्तर जनक्रान्तिको बाटोमा देशलाई अघि बढाएर जनताको राज्य सत्ता निर्माणमा लाग्ने बताए ।