× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गोरखामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक

    २ वर्ष पहिले

    कार्तिक-२१, प्रशासनले गोरखा जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी प्रशासनले यस्तो निर्णय गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय गोरखाले सुचना प्रकाशित गरि मंसिर ४ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मतदानको दिन भन्दा १५ दिन अगाडि प्रचार प्रसारको अवधिमा जिल्लामा मदिरा विक्रि वितरण र सेवनमा समेत पूर्ण रूपमा निषेध गरिएको जनाइएको छ ।

    सुचनामा उक्त प्रचार प्रसार अवधिमा निषेध गराइएको कार्यहरु गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने जनाइएको छ ।