× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा राती ९:०० बजे सम्म मात्र होटल खुल्ला राख्न प्रशासनको आदेश, मौन अवधिमा होटल सञ्चालन गर्न नपाइने

    २ वर्ष पहिले

    कार्तिक-२१, मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी प्रशासनले होटल ब्यवसायीलाई राती ९:०० बजे सम्म मात्र खोल्न आदेश जारी गरेको छ ।

    सोमबार जिल्ला प्रशासन कार्यालय चितवनले सुचना जारी गर्दै (आज) सोमबार देखि मौन अवधि सुरु हुने दिनसम्म राति ९ बजेसम्म मात्र होटल खुल्ला राख्न र मौन अवधिमा सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेल सम्म होटल व्यवसाय सञ्चालन नगर्न र मदिरापुर्ण रूपमा निषेध गर्न भनिएको छ।

    “होटल व्यवसायीहरु राती अबेरसम्म खुल्ला रहँदा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भय रहीत एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न असर पर्ने हुँदा निर्वाचनको मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेल होटल व्यवसाय सञ्चालन नगर्न हुन र मदिरापुर्ण रूपमा निषेध गर्नु हुनका साथै मिति २०७९/०७/२१ गते देखि मौन अवधि सुरु हुने दिनसम्म राति ९ बजेसम्म मात्र होटल खुल्ला राख्न” सुचनामा भनिएको छ।

    प्रशासनले जारी गरेको सुचना विपरीत कार्य गरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाइएको छ ।