× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    डोटीमा ६.६ म्याग्निच्युड भुकम्प जाँदा ६ जनाको मृत्यु,५ जना घाइते

    २ वर्ष पहिले

    कार्तिक-२३, डोटीमा भूकम्पले घर भत्किदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

    मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन् ।

    पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा घर भत्किदा च्यापिएर ६ जनाको मृत्यु भएको र १ जनाको उद्धार गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिएका छन् । ५ जना घाइते र तिनीहरूको उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताए ।

    थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलिले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरहरू भत्किएका छन्, स्थानीय त्रसित देखिएका छन् ।

    भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रको समेत ठाउँठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिएका छन् ।

    उपेन्द्र आचार्यको फेसबुक बाट

    त्यसअघि मंगलबार राति ९ :७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि समेत पटक पटक भूकम्पका धक्का गएका थिए।