× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    लोथर देखि गोन्द्राङ-पुल्चोक सम्म र मुग्लिन नारायणगढ सडक खण्डमा अतिक्रमित सडक क्षेत्र खाली गर्न १५ दिनको समय तोकियो

    २ वर्ष पहिले

    कार्तिक-२४, सडक डिभिजन कार्यालय भरतपुरले महेन्द्र राजमार्गको लोथर देखि गोन्द्राङ-पुल्चोक सम्म र मुग्लिन नारायणगढ सडक खण्डमा राष्ट्रीय राजमार्गको सडक सिमा मिचेर बनेका घरटहरा हटाउन सूचना जारी गरिएको छ ।

    सडक डिभिजन कार्यालय भरतपुरले आज (बिहिबार) १५ दिने सूचना जारी गर्दै राष्ट्रिय राजमार्गको सडक सिमा सडक केन्द्र रेखाबाट २५ मिटर दायाँ र २५ मिटर बायाँ तथा भवन सीमासहित ३१ मिटर दायाँ र ३१ मिटर बायाँ भित्र सडक मिचेर बनेका घरटहरा, पर्खाल वा अन्य कुनैपनि किसिमका भौतिक संरचना सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हटाउन भनिएको छ ।

    पटक पटक बिभिन्न सन्चारका माध्यमहरु, माइकिङ, पम्पलेट मार्फत सूचना जारी गरिए तापनि हालसम्म राष्ट्रिय राजमार्गका केही स्थानहरुमा सडक सीमाभित्र अबरोध पाइएकोले दिइएको समयअवधिमा सडक सिमाभित्र अतिक्रमण गरी बनाइएका संरचना नहटाइएमा सार्वजनिक सडक ऐन २०१३ अनुसार सडक डिभिजन कार्यालयले हटाउने जनाइएको छ । अतिक्रमित संरचना हटाउन लाग्ने खर्च समेत सम्बन्धित निर्माणकर्ता बाट असुल गरिने गरिने सूचनामा उल्लेख छ ।