× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    नेपालले पहिलो पटक यू-१९ महिला क्रिकेट विश्वकप आयोजना गर्ने

    २ वर्ष पहिले

    कार्तिक-२७, नेपालले पहिलो पटक क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ ।

    नेपाल र बंगलादेशले सन् २०२७ मा हुने यू-१९ महिला टि२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार २०२७ मा हुने यू-१९ आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको छ ।

    जसमा नेपाल र बंगलादेश मिलेर यू-१९ महिला टि२० विश्वकप आयोजना गर्ने भएका हुन् । २०२४ को यू-१९ पुरुष विश्वकप श्रीलंका, २०२६ को जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् । २०२५ को यू१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्नेछन् । २०२७ को यु-१९ महिला टि२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्नेछन् ।

    गत जेठमा आइसिसी यू१९ महिला विश्वकप छनोटमा नेपालले खराब प्रदर्शनका साथ बाहिरिएको थियो । २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक यू१९ महिला टि२० विश्वकप आयोजना हुन लागेको छ ।