२ वर्ष पहिले
कार्तिक-३०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५२ हजार १ सय ६ जना पुगेको छ ।
२४ घण्टामा ९ सय ९१ जनाको पिसिआर परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ७० हजार ३ सय २९ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ६ सय २९ एन्टिजन परीक्षण गर्दा १ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख ५३ हजार २ सय ६८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा २४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८८ हजार ३ सय ४० जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ सय ७५ जना रहेको छ।