२ वर्ष पहिले
मंसिर -२, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै,राती प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।