× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मौन अवधिमा कृष्णकुमार श्रेष्ठ (किसान) र जितेन्द्र सोनलको घर दैलो

    २ वर्ष पहिले

    मंसिर-२, बारामा निर्वाचनको स्थिर समय (मौन अवधि)मा आचारसंहिता विपरीत उम्मेदवारहरूको घरदैलो भएको छ । बाराको क्षेत्र नम्बर ४ मा पर्ने परवानीपुर गाउँपालिका-३ लिपनीमालमा आचारसंहिताविपरीत घरदैलो कार्यक्रम भएको हो ।

    सता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार जितेन्द्र सोनलले शुक्रबार बिहान घरदैलो गरेका हुन् । करिब एक सयभन्दा बढी नेता कार्यकर्ताको सहभागितामा घरदैलो भएको स्थानीयवासीले बताएका छन् ।

    बिहीबार मध्यराति १२ बजेबाट चुनाव प्रचारप्रसारमा रोक लगाइएको छ । तर, यसको उल्ल‌ंघन गर्दै किसान र सोनलले शुक्रबार बिहान घरदैलो कार्यक्रम गर्दै मत मागिरहेका छन् ।

    यसबारे खबर पाएको प्रहरीले आचार संहिता विपरीतका कार्य रोक्न बताएको छ । घरदैलो कार्यक्रम भइरहेको जानकारी आएको बताएका बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले घरदैलो कार्यक्रम रोक्नलाई प्रहरी निरीक्षकको कमान्डमा प्रहरी परिचालन गरेको बताए ।