× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    १४ औं संस्करणको चितवन महोत्सव पुस २५ गते देखि हुने, स्टल बुकिङ खुल्ला

    २ वर्ष पहिले

    मंसिर -२, १४ औं संस्करणको चितवन महोत्सव पुस २५ देखि माघ ४ गतेसम्म नारायणगढको प्रदर्शनी मैदान नारायणी नदीको किनारमा हुने भएको छ।

    काेरोना भाइरसका कारण गत वर्ष चारदिन मात्र संचालन भएर स्थगित भएको महोत्सव यस पटक भने भव्य रुपमा आयोजना गर्ने तयारी गरिएको छ।

    उद्योग वाणिज्य संघ चितवनले महोत्सवका लागि स्टल बुकिङ खुला गरिएको छ । हिजो पहिलो दिनमै एकसय ५० वटा स्टल बुकिङ भएको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।

    उद्योग वाणिज्य संघ चितवनले २०५३ देखि हरेक दुई–दुई वर्षमा आयोजना गर्दै आएको चितवन महोत्सवको आउँदो १४ औं संस्करण पनि सदाझैं पुष २५ गतेदेखि माघ ४ गतेसम्म नै गरिँदैछ । त्यसका लागि यही मंसिर २९ गतेसम्म स्टल बुकिङ खुला गरिएको हो ।

    चितवन महोत्सव २०७९ मा कम्तीमा ५०० वटा स्टल रहने र त्यसमा मेड इन नेपाल र मेड इन चितवनलाई नै विशेष प्राथमिकता दिइने संघले बताएको छ । चितवनको गौरव र गरिमामय प्रस्तुतिको लागि महोत्सव हुँदै आएको हो ।

    उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक नील केसीका अनुसार विगतमा झैँ यस पटक पनि चितवनमा आर्थिक विकासको सम्भावना रहेका क्षेत्रहरु कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई नै केन्द्रित गरेर कार्यक्रम सञ्चालन गरिनेछ ।