× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा मतदान विथोल्न खोज्ने विप्लवका कार्यकर्तालाई गोली लाग्यो

    २ वर्ष पहिले

    मंसिर -४, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मतदान विथोल्न खोज्दा प्रहरीले चलाएको गोली लागेर एक कार्यकर्ता घाइते भएका छन्।

    चितवनको क्षेत्र नम्वर १ अन्तर्गगको राप्ती नगरपालिका–८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभूत विद्यालयको (ख) मतदान केन्द्रमा विप्लव नेतृत्वको नेकपाले मतपेटिका नियन्त्रणमा लिई जलाउन खोजेको थियो। मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेको थियो। तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले तीन राउन्ड गोली प्रहार गरेको थियो।

    उक्त क्रममा गोली लागेर विप्लवका एक कार्यकर्ता घाइते भएको नेपाल प्रहरीकी बागमती प्रदेश प्रमुख डीआईजी किरण बज्राचार्यले बताइन्।

    गोली चलेपछि उनीहरु भागेका थिए।मतदानस्थल तनावपूर्ण भएपछि करिब २ घण्टा मतदान रोकिएको थियो। स्थिति सामान्य भएपछि सुरक्षा कडाइका साथ पुन: मतदान प्रक्रिया सुरु भएको छ।