२ वर्ष पहिले
मंसिर -७, चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले आफ्नो अग्रतालाई निरन्तर रुपमा अगाडि बढाएका छन् । उनले आफ्नो प्रतिद्वन्द्वी भन्दा दोब्बर मतले अग्रता बनाएको छ।
पछिल्लो मत परिणामअनुसार लामिछानेले १९ हजार ७२३ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णभक्त पोख्रेल ९ हजार ८३ मतसहित दोस्रो स्थानमा छन् । साथै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ८ हजार ८७३ मत पाएका छन् ।